You are viewing the translated version of प्रान्निक परिषद्को काम, कर्तव्य र अधिकार.

Section 12
प्रान्निक परिषद्को काम, कर्तव्य र अधिकार
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) विश्वविद्यालयको; आवश्यकता, औचित्य तथा संस्थागत क्षमताको मूल्याङ्कन गरी विश्वविद्यालयले सञ्चालन गर्ने विभिन्न विधाका प्राज्ञिक कार्यक्रमहरू स्वीकृत गर्ने,

(ख) विश्वविद्यालयमा अध्ययन र प्रशिक्षण हुने विषयंको- पाठ्यक्रम, शिक्षण विधि र परीक्षा प्रणाली स्वीकृत गर्ने,

(ग) विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने प्राज्ञिक कार्यक्रमहरूको उत्कृष्टता सुनिश्चित गर्ने,

(घ) विश्वविद्यालयको प्राज्ञिक, अनुसन्धान तथा नवप्रवर्तन सम्बन्धी कार्यक्रमको नीति निर्धारण गर्ने,

(ङ) अध्यापकको शैक्षिक योग्यता निर्धारण गर्ने,

(च) विश्वविद्यालयमा भर्ना हुन चाहने विद्यार्थीको योग्यता, भर्ना हुने विद्यार्थीको सङ्ख्या र भर्ना हुन चाहिने आधार, मापदण्ड, मूल्याङ्कन विधि र प्रक्रिया तोक्ने,

(छ) विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम राख्न आवश्यक कार्य गर्ने,

(ज) विश्वविद्यालयद्वारा प्रदान गरिने विभिन्न उपाधिको लागि परिषद्मा सिफारिस गर्ने तथा स्वीकृत उपाधि प्रदान गर्ने,

(झ) प्राज्ञिक, अनुसन्धान तथा अन्वेषणका विषयमा कार्यकारी परिषद्लाई सुझाव दिने,

(ज) प्राज्ञिक परिषद्को कार्यसम्पादन गर्ने सन्दर्भमा आवश्यकता अनुसार समिति वा कार्यदल गठन गर्ने, र

(ट) प्राशिक परिषद्सँग सम्बन्धित अन्य कार्य गर्ने।